काठमाडौं– नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले सरकारले सदनलाई हेपेको आरोप लगाएका छन्।
प्रतिनिधि सभाको बैठकमा विनियोजित शीर्षकमाथिको छलफलमा सम्बन्धित मन्त्रीहरू उपस्थित नभएसँगै उनले सरकारले सदनलाई हेपेको आरोप लगाएका हुन्।
उनले कार्यसूचि आउने फेरि हटाउने काम जारी रहेको भन्दै आपत्ति जनाए। उनले सदनमा आन्दोलन भएको लामो समय भएपनि सरकार बेखबर रहेको बताए। उनले सांसदले नियमावली मान्नुपर्ने तर सरकारले मान्नु नपर्ने ? भन्दै प्रश्न गरे।
उनले बजेटको किताब नआउँदा खर्च कटौतीको प्रस्ताव दिन नपाएको गुनासो गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।