काठमाडौँ– नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्मा ‘प्रभाकार’ ले बजेटको बुँदा नम्बर २२७ ले ऊर्जा क्षेत्रलाई समाप्त पारिदिएको बताएका छन्।
बिहीबार प्रतिनिधि सभा बैठकमा बजेटमाथि खर्च कटौतीको प्रस्तावमाथिको छलफलमा भाग लिँदै पूर्व अर्थमन्त्री समेत रहेका शर्माले यस्तो बताएका हुन्।
‘बजेटले ऊर्जा क्षेत्रलाई समाप्त पारिदियो। ५० खर्बभन्दा बढी लगानी भइरहेका ऊर्जाका योजनाहरूलाई समाप्त पारिदिएको छ’, सांसद शर्माले भने, ‘निजी क्षेत्रलाई हदबन्दी हटाइदियौ भनेर वाहवाही त भएको छ तर निजी क्षेत्रका साथीहरूले बुझुन् कि ५० खर्ब तपाईँहरूको लगानी समाप्त भइसक्यो।’
उनले पीपीए गर्नेबारे २२७ नम्बर बुँदामा लेखिएको कुरा आपत्तिजनक रहेको बताउँदै भने,त्यसले देशको ऊर्जा क्षेत्र प्रयोग गर्ने नभई दुरुत्साहन गर्ने र समाप्त गर्ने काम बजेटमा आयो।
उनले करका दर रातारात हेरफेर भएपनि राष्ट्रलाई सङ्कट आउने कुरामा सुनुवाइ नभएको बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।