काठमाडौँ– रवीन्द्र मिश्रलाई तीन लाख धरौटीमा छाड्न काठमाडौँ जिल्ला अदालतले आदेश दिएको छ।
मंगलबार न्यायाधीश तारादेवी महर्जनको इजलासले उनलाई तीन लाख धरौटीमा छाड्न आदेश गरेका हो।
तीनकुने घटनामा अवाञ्छित गतिविधि गरेको आरोपमा पक्राउ परेका मिश्र विरुद्ध ४ वटा मुद्दामा अभियोजन गरिएको थियो।
तीनकुने घटनामा प्रतिवादी बनाइएका मिश्र मङ्गलबार बिहान आफैँ अदालतमा उपस्थित भएका थिए। गत जेठ ११ मा मिश्र विरुद्ध राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव, सङ्गठित अपराध र एकीकृत कसुरमा सजाय हुन मागदाबी लिइएको हो।
यसअघि राप्रपाका महामन्त्री धवल शमशेर राणालाई पनि काठमाडौँ जिल्ला अदालतले तीन लाख धरौटीमा छाड्न आदेश गरेको थियो।
यसअघि राप्रपा महामन्त्री धवलशमशेर राणा पनि तीन लाख धरौटीमै रिहा भएका थिए। मिश्र र राणासहित ५० जनालाई राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव र संगठित अपराधको कसुरमा अदालतमा मुद्दा दायर गरिएको थियो।
कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगमा समेत प्रतिवादी बनाइएका दुर्गा प्रसाईंसहित ७ जना पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ। अरु धरौटीमा रिहा भएका छन्। मिश्र र राणाबाहेकलाई १० हजारदेखि एक लाख रुपैयाँसम्म धरौटी माग गरिएको थियो।
यसअघि अनुसन्धानको क्रममा मिश्रलाई सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएको थियो। सर्वोच्चबाट बन्दीप्रत्येक्षीकरणको निवेदन दिएर रिहा भएका मिश्र अरुको थुनछेकपछि मात्रै अदालतमा उपस्थित भएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।