एजेन्सी– भारतीय वायु सेवा प्रदायक कम्पनी एयर इन्डियाको अहमदाबाद–लन्डन उडान रद्द गरिएको छ।
यो त्यही रुट थियो जहाँ केही दिनअघि मात्रै एआईए–१७१ दुर्घटनाग्रस्त भएको थियो। जानकारी अनुसार एयर इन्डियाको बोइङ ७८७-८ ड्रीमलाइनर विमान एआई–१५९ अहमदाबादबाट दिउँसो १ः१० बजे उडान गर्दै थियो। साँझ ६ः२५ बजे यो लन्डनमा पुग्नेवाला थियो।
योसँगै पछिल्ला दुई दिनमा तीन वटा बोइङ ७८७ ड्रीमलाइनर विमानमा प्राविधिक समस्या देखिएको छ। एयर इन्डियाको हङकङदेखि दिल्ली आउन थालेको एआई ३१५० उडानमा शंकास्पद प्राविधिक गडबडीका कारण विमानलाई बिच बाटोबाटै हङकङ फर्काइयो। सान फ्रान्सिस्कोबाट मुम्बई आउने उडानको ४ घन्टा पछि कोलकातामा अवतरण गराइयो।अहमदाबाद र लन्डनबीचको उडान रद्द गर्नुपर्यो।
मंगलबार दिउँसो अहमदाबादबाट लन्डनका लागि प्रस्थान गर्ने एयर इन्डियाको उडान सञ्चालन समस्याका कारण रद्द गरिएको विमानस्थलका एक अधिकारीले बताए। एआई–१५९ उडान रद्द गरिएको एयर इन्डियाको आधिकारिक वेबसाइटले पनि पुष्टि गरेका छन्।
उडान सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट दिउँसो ३ बजे प्रस्थान गर्ने तालिका थियो, जुन निर्धारित प्रस्थान समयभन्दा ढिलो थियो। उडानसम्बन्धी कारणले गर्दा उडान रद्द गरिएको विमानस्थलका अधिकारीले बताए। सञ्चालन समस्याबारे अधिकारीले विस्तृत रूपमा बताएका छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।