काठमाडौं– भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समितिको माग गर्दै आएको रास्वपाका सांसदहरूले ‘निलो रिबन’लगाएर संसद् भवनमा पुगेका छन्।
उनीहरूका अनुसार मानव तस्करी विरुद्धको अभियानलाई विश्वव्यापी रूपमा ‘निलो रिबन’ को प्रतीक मनिन्छ।
‘राष्ट्रिय स्वतन्त्र पार्टीका सबै सांसद संघीय सदनमा निलो रिबन लगाएर ‘मानव तस्करी’ को विरोध गराउनेछौ’, कार्यवाहक प्रवक्ता मनिष झाको भनाइ छ।
भिजिट भिसाको आवरणमा मानव तस्करी भएको आरोपको आरोप छ। यही विषयमा छानबिन र संलग्नलाई कारबाही हुनुपर्ने भन्दै निरन्तर सदन अवरोध गर्दै आइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।