काठमाडौँ – इरानले इजरायली आक्रमणको जवाफ स्वरुप इजरायल माथि आक्रमण गरेको छ ।
इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले इजरायलमाथि ठूलो क्षेप्यास्त्र आक्रमण गरेको पुष्टि गरेको छ । गार्डको विज्ञप्तिमा इजरायलका ‘दर्जनौँ सैन्य सुविधा, हवाई अड्डा र अन्य लक्ष्य’ मा आक्रमण गरिएको उल्लेख छ । यो कारबाहीलाई ‘ट्रु प्रोमिस ३’ नाम दिइएको छ ।
इजरायली सेनाले इरानबाट भएको क्षेप्यास्त्र आक्रमण रोक्न आफ्नो रक्षा प्रणाली सक्रिय रहेको जनाएको छ । टाइम्स अफ इजरायलका अनुसार आक्रमणमा तेल अवीव र जेरुसेलम क्षेत्रमा ६० भन्दा बढी व्यक्ति घाइते भएका छन् । एक महिलाको मृत्यु पनि भएको छ । घाइतेहरूलाई अस्पताल पुर्याइएको छ । सेनाले नागरिकहरूलाई अर्को सूचना नभएसम्म घरभित्रै वा सुरक्षित स्थानमा रहन निर्देशन दिएको छ ।
समाचार एजेन्सी रोयटर्सका अनुसार जेरुसेलमको आकाशमा चम्किलो प्रकाश र विस्फोटको आवाज सुनिएको छ । इरानले यो आक्रमणलाई इजरायलले हालै गरेको सैन्य कारबाही ‘अपरेशन राइजिङ लायन’ को जवाफ भनेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।