काठमाडौं – एयर इन्डियाको अहमदाबादमा भएको भयानक जहाज दुर्घटनाले विश्व हवाई क्षेत्रलाई स्तब्ध बनाएको छ । लण्डन ग्याटविकका लागि उडेको उडान नम्बर एआई १७१ बिहिबार दिउँसो दुर्घटना हुँदा २ सय ४१ जनाको मृत्यु भएको एयर इन्डियाले पुष्टि गरेको छ ।
बोइङ ७८७–८ सिरिजको १२ वर्ष पुरानो यो विमान दिउँसो १ बजेर ३८ मिनेटमा अहमदाबादबाट २ सय ३० यात्रु र १२ जना चालक दलका सदस्यसहित उडेको थियो । उडान भरेको केही समयमै विमान दुर्घटनामा परेको हो ।
विमानमा सवार कुल २ सय ४२ जनामध्ये २ सय ४१ जनाको मृत्यु भएको एयर इन्डियाले एक्समार्फत जनाएको छ । एक जना बेलायती मूलका भारतीय नागरिक मात्रै जीवित रहेको र उनको अस्पतालमा उपचार भइरहेको बताइएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।