काठमाडौं– रास्वपा सांसद सोविता गौतमले भिजिट भिसा प्रकरणमा आफूहरुले उठाएका विषयलाई निष्कर्षमा नपुर्याइ नछाड्ने स्पष्ट पारेकी छन् ।
बुधबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै गौतमले भिजिट भिसा प्रकरण देशकै लागि निकै गम्भीर रहेकाले आफूहरुले उठाएका विषयलाई निष्कर्षमा नपुर्याइ नछाड्ने स्पष्ट पारेकी हुन् ।
उनले यसमा राष्ट्रिय सहमति खोज्नका लागि नै रास्वपाले पाँच बुँदे ड्राफ्ट तयार पारेर छलफलमा लगे पनि सत्तारुढ दल नमानेको धारणा राखिन् ।
माओवादीले ल्याएको ड्राफ्ट आफूहरुको सरोकारको विषय नभएको भन्दै उनले आफूहरु पाँच बुँदे ड्राफ्टमा अडिक रहेको बताइन् ।
उनले रास्वपाले सदन अवरुद्ध गरेको नभइ जनताको मुद्दा समाधान गर्नका लागि बाटो खोजिरहेको तर्क गरिन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।