काठमाडौं– अनेरास्ववियुको उम्मेदवारहरूको प्रारम्भिक सूची सार्वजनिक गरिएको छ।
कीर्तिपुरमा जारी राष्ट्रिय सम्मेलनमा हिजो राति उम्मेदवार दर्ता भएको थियो। दर्ता भएका नामावलीको प्रारम्भिक सूची सार्वजनिक गरिएको हो।
नामावली प्रकाशनमा भएको ढिलाइले निर्वाचन तालिका प्रभावित बनेको छ। आज बिहान ८ बजेबाट मतदान हुने तय भएको थियो।
अध्यक्षमा डा. सुजन कडरिया र प्रकाश पौडेल भिड्ने भएका छ्न्।
उपाध्यक्ष खुलामा ई. विकाश श्रेष्ठ, राजकुमार ढकाल, भरतसिंह धामी (लिपुलेक), धर्मेन्द्र केसी, गणेशबहादुर शाही र महिला उपाध्यक्षमा सुजिता धिताल, अञ्जना शिवाकोटी, भवानी बजगाईँ र आरती भट्टराईले उम्मेदवारी दिएका छन्।
-1749637793.jpg)
-1749637818.jpg)
-1749637844.jpg)
-1749637866.jpg)
-1749637888.jpg)
-1749637908.jpg)
-1749637942.jpg)
-1749637962.jpg)









नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।