काठमाडौँ– प्रतिनिधिसभा बैठक बिहिबार २९ गते दिनको तीन बजेसम्मका लागि स्थगित भएको छ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा तथा छानबिनका लागि संसदीय समिति वा न्यायिक आयोग बनाउने माग गर्दै जेठ १३ गतेबाट अवरोध गर्दै आएका विपक्षीले आज पनि बैठकमा अवरोध गरे।
सभामुख देवराज घिमिरेले बैठक सुरु हुनेवित्तिकै प्रतिपक्षीहरूले उठेर विरोध गरेका थिए।
सभामुख घिमिरेले दलीय आधारमा बोल्न दिने भन्दै बस्न आग्रह गरे पनि सांसदहरुले मानेनन्। बरु उल्टै प्रतिपक्षी सांसदहरुले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै नाराबाजी गरेका थिए।
त्यसपछि सभामुख घिमिरेले बैठक स्थगित गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।