काठमाडौं– रास्वपाको प्रस्तावबारे छलफल गर्न विपक्षी दलहरुको बैठक नयाँ बानेश्वरमा जारी छ।
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सहमतिका लागि पाँच बुँदे प्रस्ताव पेस गरेको थियो। उक्त प्रस्तावबारे छलफल गर्न विपक्षी दलहरु बैठक बसेका हुन्।
रास्वपाको प्रस्तावमा साझा धारणा बनाउने गरी छलफल भइरहेको विपक्षी दलका नेताहरुले बताएका छन्।
बैठकमा विपक्षी दलका नेताहरु वर्षमान पुन, हितराज पाण्डे, सन्तोष परियार, राजेन्द्र पाण्डे, प्रभु साहलगायत सहभागी छन्।
विपक्षी दलहरुले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा मागेर संसद बैठक अवरोध गर्दै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।