काठमाडौं – अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका थप दर्जन बढि नेपाली आज काठमाडौं आउँदैछन् । अमेरिकी चार्टर्ड विमानमार्फत् काठमाडौं फर्काइएका उनीहरू अपराह्न सवा ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने बताइएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रवक्ता एवं वरिष्ठ अध्यागमन अधिकृत अञ्जन न्यौपानेले डिपोर्ट भएका नेपालीहरू आज अपराह्न ठूलो संख्यामा काठमाडौं आउन लागेको पुष्टि गरे पनि संख्या भने एकिन नभएको बताए ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले जनवरी २० मा सत्ता सम्हालेपछि हालसम्म १४० जना नेपालीलाई अमेरिकाले डिपोर्ट गरिसकेको छ । डिपोर्ट भएकाहरूलाई मानव बेचबिखन नियन्त्रण ब्युरोले सामान्य सोधपुछ गरेर घर पठाउने गरेको छ भने दलालविरुद्ध कसैले उजुरी दिए अनुसन्धान प्रक्रिया शुरु हुने गरेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।