एजेन्सी– फुटबलर डेभिड बेकह्मालाई राजा चार्ल्सको जन्मदिनको अवसरमा ‘नाइटहुड’ (सर उपाधि) दिने तयारी गरिएको छ।
५० वर्षीय इंग्ल्यान्ड फुटबल टोलीका पूर्व कप्तानलाई सन् २००३ मा ‘अफिसर अफ द अर्डर अफ द ब्रिटिस एम्पायर’ (ओबीई) को उपाधि दिइएको थियो। अब उनलाई फुटबलमा गरेको उल्लेखनीय योगदान र बेलायती समाजप्रतिको समर्पणको आधारमा थप उच्च सम्मान प्रदान गरिने भएको हो ।
सम्मानसूची आगामी हप्ता सार्वजनिक गरिने बताइएको छ। बेकह्याम मले आफ्नो देशका लागि ११५ खेल खेलेका थिए र म्यानचेस्टर युनाइटेड, रियल म्याड्रिड, एलए ग्यालेक्सी, पेरिस सेन्ट(जर्मेन र एसी मिलान जस्ता क्लबहरूबाट पनि खेलेका थिए। उनले सन् २०१३ मा फुटबलबाट संन्यास लिएका थिए।
बेकह्यामले सन् १९९९ मा गायिका तथा फेसन डिजाइनर भिक्टोरिया बेकह्यामसँग विवाह गरेका थिए। उनीहरूका चार सन्तान छन्, ब्रुकलिन, रोमियो, क्रुज र हार्पर सेभेन। उनीले सन् २०१२ मा ओलम्पिक खेल लन्डन ल्याउन महत्त्वपूर्ण भूमिका खेलेका थिए । सन् २००५ देखि युनिसेफका दूतको रूपमा समेत कार्यरत छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।