काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले केपी ओली नेतृत्वको सरकारलाई सफल बनाउनको लागि सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेको बताएका छन्।
विराटनगर पुगेका महामन्त्री थापाले सञ्चारकर्मीहरूसँग कुरा गर्दै सरकारले अपेक्षा अनुसार काम गर्न नसकेकाले गम्भीर समीक्षा गर्नुपर्ने बताएका हुन्।
उनले भने, ‘हाम्रो पार्टी सभापतिले पनि भनिसक्नुभयो सरकार जुन गतिमा चल्नुपर्ने हो, जस्तो खालको परिणाम दिनुपर्ने हो त्यो दिन सकिरहेको छैन। यसमा गम्भीर समीक्षा गरिरहेका छौँ।’
उनले आफू पनि सहभागी भएको सरकारलाई थप प्रभावकारी कसरी बनाउने भन्नेबारे अब चाँडै बस्ने केन्द्रीय समितिको बैठकमा पनि छलफल हुने बताए। उनले बैठकमा पार्टीबाट सरकार गएका मन्त्रीहरूको कामबारे पनि गम्भीर छलफल गर्ने बताए।
त्यस्तै पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चलाएको मुद्दा अब अदालतको विषय भएकाले कुनै टिप्पणी नगर्ने बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।