काठमाडौँ– नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा मनोज ज्ञवाली नियुक्त भएका छन्।
जेठ २२ गते बसेको बैंक सञ्चालक समितिको बैठकले ज्ञवालीलाई बिहीबारदेखि लागु हुनेगरी आगामी चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिने निर्णय गरेको बैंकका कम्पनी सचिव भीष्म न्यौपानेले जानकारी दिएका हुन्।
उनको कार्यकाल ज्ञवाली गत चैतदेखि बैंकमा निमित्त सीईओको रूपमा कार्यरत थिए। त्यसअघि ज्ञवाली गत पुस बैंकमा वरिष्ठ डेपुटी सीईओमा नियुक्ति भएका थिए। उनी २०७७ साउनमा बैंकमा डेपुटी जनरल म्यानेजरको रूपमा प्रवेश गरेका थिए। बीचमा बढुवा हुँदै उनी महाप्रबन्धक (डेपुटी सीईओ) बनेका थिए।
दैलेख स्थायी घर भएका ४८ वर्षीय ज्ञवालीसँग अढाइ दशकको बैंकिङ र चार्टर्ड अकाउन्टेन्सी क्षेत्रको अनुभव छ। त्यसमध्ये करिब पाँच वर्ष उनले नेपाल राष्ट्र बैंकमा काम गरेका छन्। सात वर्ष ग्लोबल आइएमई बैंक रहेका उनी नबिलमा आउनुअघि ज्योति विकास बैंकको सीईओ थिए। ग्लोबल आईएमई बैंकमा रहँदा उनले ग्लोबल आइएमई क्यापिटलमा सञ्चालक तथा प्रबन्ध सञ्चालकको रूपमा समेत काम थरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।