काठमाडौं– स्कटल्यान्डमा जारी आईसीसी विश्वकप लिग २ मा नेदरल्यान्ड्सले नेपाललाई २२६ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ ।
टस जितेर पहिले ब्याटिङ रोजेको नेदरल्यान्ड्स ४९ दशमलव १ ओभरमा अलआउट हुँदै २२५ रनमा समेटियो । नेदरल्यान्ड्सका लागि नोहा क्रोइसले सर्वाधिक ४८ रन बनाउँदा कप्तान स्कट एडवर्डसले ४६ रन बनाए । यस्तै विक्रमजीत सिंहले ३८, जच लियोन क्याचेटले २७, रोलेफ भान डर मर्भेले २१ र तेजा निदामनरुले १३ रन बनाए ।
अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । यता नेपालका लागि सोमपाल कामीले सर्वाधिक तीन विकेट लिए । ९ दशमलव १ ओभर बलिङ गरेका कामीले ४८ रन खर्चिएर तीन विकेट लिएका हुन् ।
यस्तै करण केसी, सन्दीप लामिछाने र ललित राजवंशीले २/२ विकेट लिए । करणले १० ओभरमा ३५ रन खर्चिँदा सन्दीपले १० ओभरमा ४८ र ललितले ७ ओभरमा ३० रन खर्चिए ।
यो सिरिजमा नेपालले पहिलो खेल स्कटल्यान्डमाथि १ विकेटको शानदार जित निकालेको थियो । २९७ रनको लक्ष्य नेपालले ४९ दशमलव ५ ओभरमा ९ विकेट गुमाउँदै एक दिवसीयमा सबैभन्दा ठूलो रन चेज गर्दै जित निकालेको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।