सुर्खेत– कर्णाली प्रदेशको मन्त्रिपरिषद्ले आगामी आर्थिक वर्ष (०८२/०८३) को नीति तथा कार्यक्रम स्वीकृत गरेको छ।
बुधवार दिउँसो बसेको मन्त्रिपरिषद्ले उक्त नीति तथा कार्यक्रम स्वीकृत गरेको सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले बताएका छन्।
उक्त नीति तथा कार्यक्रम दिउँसो ३ बजे बस्ने प्रदेश सभा बैठकमा प्रस्तुत गरिने छ।
कार्यवाहक प्रदेश प्रमुख नजिर मियाले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएका छन्। कर्णालीका प्रदेश प्रमुख यज्ञराज जोशी उपचारका लागि अमेरिका गएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।