काठमाडौँ– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवसको दिन प्रत्येक वर्ष जेठ २१ गते सार्वजनिक बिदा दिनुपर्नेमा जोड दिएका छन्।
उन्नाइसौँ जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवसको अवसरमा राष्ट्रिय दलित आयोगले आयोजना गरेको कार्यक्रममा यस्तो बताएका हुन्।
उनले भने, “सरकारले आजको दिनलाई सार्वजनिक बिदा दिनुपर्छ भनेर माननीय सदस्यहरुले संसद्मा आवाज उठाइरहनुभएको छ, त्यसतर्फ सरकारले आवश्यक निर्णय गरोस् भन्ने मैले यस अवसरमा आग्रह गर्दछु।”
आज पनि हाम्रो समाजमा दलित समुदायको शिक्षा, स्वास्थ्य, रोजगारी, आवास र सामाजिक सेवा र राज्यका निकायमा सहज पहुँच अपेक्षा गरेअनुसार सुनिश्चित हुन नसकेको उनको भनाइ छ।
अध्यक्ष दाहालले दलित समुदायबारे संविधानले प्रत्याभूत गरेका अधिकारहरू व्यवहारमा कार्यान्वयन हुन नसकेको उल्लेख गर्दै बहुसङ्ख्यक दलित समुदायका बालबालिका अझै पनि गुणस्तरीय शिक्षाबाट वञ्चित भएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।