सुर्खेत – कर्णाली प्रदेश सरकारले बुधवार (आज) आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम ल्याउने भएको छ ।
यो नीति तथा कार्यक्रम भोलि (बिहीबार) दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा प्रस्तुत गरिनेछ । प्रदेश प्रमुख यज्ञराज जोशी अमेरिका उपचारका लागि गएकाले, सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले कर्णालीको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रदेशसभा सचिवालयका सूचना अधिकारी राजेन्द्र पौडेलले जानकारी दिएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।