इस्लामवाद– सोमबार राति पाकिस्तानको कराचीस्थित मालिर जेलबाट २१६ कैदीहरू भागेका छन्।
जेल प्रशासनका अनुसार कराचीमा भूकम्पको झट्का पछि सावधानी अपनाउँदै कैदीहरूलाई ब्यारेकबाट बाहिर निकालिएको थियो। यस अवसरको फाइदा उठाउँदै कैदीहरू मुख्य ढोकाबाट भागेको जियो न्यूजले भनेको छ।
यी मध्ये करिब ८० कैदीहरू फेरि पक्राउ परेका र अरु १३५ कैदी अझै फरार रहेको बताइएको छ। जेलका सुपरिटेन्डेन्ट अरशद शाहले मंगलबार बिहान यो कुरा पुष्टि गरेका हुन्।
यसअघि धेरै मिडिया रिपोर्टहरूमा पर्खाल भत्काएर कैदीहरू भागेको भनेका थिए। प्रशासनले कुनै पनि पर्खाल नभेटिएको स्पष्ट पारेको छ, भागदौडको बीचमा सबै कैदीहरू मुख्य ढोकाबाट भागेका थिए। भूकम्पपछि ७०० देखि १००० कैदीहरूलाई ब्यारेकबाट बाहिर निकालिएको थियो। हडबडी मच्चिरहँदा १०० भन्दा बढी कैदीहरू मुख्य ढोकातिर धक्का मुक्की गरेर भागेको गृहमन्त्री लन्जारले भनेका छन्।
कारागार प्रशासनका अनुसार खोजी कार्य अझै जारी छ। यस कारबाहीमा विशेष सुरक्षा एकाइ (एसएसयू), र्यापिड रेस्पोन्स फोर्स (आरआरएफ), रेन्जर्स र फ्रन्टियर कोर (एफसी) का टोलीहरू मिलेर काम गरिरहेको बताइएको छ। घटना लगत्तै रेन्जर्स र एफसीले जेल नियन्त्रणमा लिएका थिए।
यस घटनामा एक कैदीको मृत्यु भएको खबर आएको छ। साथै, ४ सुरक्षाकर्मी घाइते भएको भनिएको छ। गृहमन्त्रीले प्रशासनिक लापरबाही पनि यो घटनाको कारण हुन सक्ने स्वीकार गरेका छन्। भागेका प्रत्येक कैदीको पहिचान र रेकर्ड उपलब्ध भएको र उनीहरूको घर र वरपरका क्षेत्रमा छापा मारिएको गृहमन्त्री लन्जरले बताए। लापरबाही गर्ने अधिकारीहरू विरुद्ध अनुशासनात्मक कारबाही गरिने जेल मन्त्रीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।