काठमाडौँ – नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा नआएसम्म संसदको अवरोध कायमै राख्ने निर्णय गरेको छ।
सोमबार संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको माओवादी संसदीय दलको बैठकले यस्तो निर्णय गरेको सांसद माधव सापकोटाले जानकारी दिएका हुन्।
‘गृहमन्त्रीको राजीनामा नआएसम्म संसदको अवरोध कायमै राख्ने निर्णय भएको छ’, सापकोटाले भने।
त्यस्तै सरकारले ल्याएको आगामी वर्षको बजेट आधारभूत वर्गलाई नछोएको माओवादीले निष्कर्ष निकाल्दै समर्थन गर्न लायक नभएको ठहर गरेको छ।
दलको बैठकमा पार्टीभित्रका विज्ञहरू मीनबहादुर श्रेष्ठ, रामकुमार फुयाँल, रामनारायण विडारी, डीपी ढकाललगायतसँग बजेटबारे सांसदहरूले अन्तरक्रिया गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।