काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलहरु भन्दा माथि जनता हुने बताएका छन्।
संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले जनता नै सम्पूर्ण शक्तिको स्रोत हुने बताएका हुन्।
‘दलभन्दा माथि जनता हुन्छन्। सम्पूण शक्तिका स्रोत जनता हुन्’ ओलीले भने, ‘अराजकता र असन्तुष्टवादीहरुले श्रीलंका वा बंगलादेश बनाउँछु भन्न खोजे पनि आखिर ती मुलुकमा लोकतन्त्रमा फर्केर मात्रै निकास आउने कुरा बुझ्नुपर्छ।’
प्रधानमन्त्री ओलीले राजतन्त्रको वकालत गर्नु मूर्खता भएको बताए।
‘आजको समाजमा जन्मिदै राजा हुने वंश परम्परा र दास मानसिकताको वकालत गर्नु मुर्खता हो’ प्रधानमन्त्रीले भने, ‘भारत र चीन वा अमेरिकामा निर्वाचित जनप्रतिनिधिले चलाएका छन्। केही देशमा खुम्चिएर राजतन्त्र टिकेको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।