हैदराबाद(एजेन्सी)– भारत र अस्ट्रेलियाबीच हैदराबादमा हुने भनिएको तेस्रो टि–२० क्रिकेट पानीका कारण प्रभावित भएको छ। हैदराबादमा केही दिनदेखि अविरल परिरहेको वर्षाका कारण आउटफिल्ड गिलो भएपछि खेल रद्ध गर्नु परेको हो।
तेस्रो टि–२० मा एउटै बल नफ्याकि खेल रद्ध भयो। यसअघि दुबै टोली १–१ खेल जितको अवस्थामा थिए। तेस्रो खेल भारतले जितेको भए घरेलु टोलीले ७० वर्ष पछि इतिहास रच्ने थियो। यो मौकाबाट भारत चुकेको छ।
शुक्रबारको खेल जितेको भए भारतको ७० वर्ष लामो क्रिकेट इतिहासमा पहिलो मौका हुने थियो, उसले अस्ट्रेलियालाई लगातार ४ वटा शृंखलामा पराजित गरेको। तर, यो सम्भव हुन सकेन्। यसअघि भारतले ३ शृंखलामा अस्ट्रेलियालाई पराजित गरिसकेको छ।
भारतले २०१६ मा अस्ट्रेलियालाई उसैको घरेलु मैदानमा टि–२० शृंखला, यस बर्ष टेस्ट शृंखलामा २–१ र एकदिवसीयमा ४–१ ले पराजित गरेको थियो।
अन्तिम टि–२० मा टस पनि भएन्। अम्पायरले दुई पल्ट मैदानको निरीक्षण गरेका थिए। तर, खेल गराउन असम्भव भएपछि रद्ध गरिएको थियो। राचीमा भएको पहिलो टि–२० भारतले जितेको थियो। गुवाहटीमा भएको दोस्रो टि–२० भने अस्ट्रेलियाले जितेर शृंखलालाई बराबरीमा ल्याएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।