काठमाडौँ– प्रतिनिधिसभा बैठक जेठ २० गतेदेखि असार १५ गतेसम्म १९ दिन बस्ने भएको छ।
सभामुख देवराज घिमिरेले आज बोलाएको कार्यव्यवस्था परामर्श समिति बैठकले जेठमा १० दिन र असारमा ९ दिन गरी १९ दिन सस्नेगरी क्यालेन्डर पारित गरेको हो।
पारित कार्यतालिका अनुसार जेठमा २०, २१, २२, २३, २५, २६, २७, २८, २९ र ३० गते बैठक बस्नेछ। त्यस्तै असारमा १, २, ३, ४, ५, ६, १०, ११ र १२ गते बैठक बस्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।