काठमाडौं– राजसंस्था फर्काउने अनिश्चितकालीन आन्दोलनको दोस्रो दिनको प्रदर्शन सुरु भएको छ।
अनिश्चितकालीन आन्दोलनको दोस्रो दिनमा माइतीघरमा भेला भएका राजावादीहरुले विजुलीबजार, बबरमहल हुदै नयाँ बानेश्वरतर्फ आइरहेका छन्।
आन्दोलन नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समिति र राष्ट्रिय प्रजातन्त्र पार्टीले गरिरहेको छ। आन्दोलनमा राप्रपा अध्यक्ष लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापालगायतका राजावादीहरु सहभागी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।