काठमाडौं– राजसंस्थाको पुनस्स्थापनाको मागसहित सुरु भएको ‘संयुक्त जनआन्दोलन’ले विजुलीबजार बबरमहलको मुख्य सडक कब्जा गरेको छ।
आज पनि जारी आन्दाेलनमा माइतीघरमा भेला भएका राजावादीहरुले विजुलीबजार, बबरमहल हुदै नयाँ बानेश्वरतर्फ आउने क्रममा यातायात प्रभावित बनाएका हुन् ।
-1748593223.png)
माइतीघरमा भेला भएका राजावादीहरुले नयाँ बानेश्वरतर्फ आउने क्रममा जसको कारण यातायात प्रभावित भएको छ।
-1748593233.png)
आन्दोलन नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समिति र राष्ट्रिय प्रजातन्त्र पार्टीले गरिरहेको छ। आन्दोलनमा राप्रपा अध्यक्ष लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापालगायतका राजावादीहरु सहभागी छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।