काठमाडाैं–अर्थमन्त्री विष्णुप्रसाद पौडेल यस वर्षको बजेटको झोला बोकेर सिंहदरबारस्थित अर्थ मन्त्रालयबाट संसद भवनतर्फ निस्किएका छन्।
अर्थमन्त्री पौडेलले संघीय संसदको दुबै सदनलाई सम्बोधन गर्दै बजेट भाषणा गर्नेछन्। त्यसका लागि संघीय संसदको संयुक्त बैठक दिउँसो ३ बजेका लागि तय भएको छ।
अल्लोको झोलामा शीलबन्दी गरिएको आर्थिक वर्ष २०८२/०८३ को बजेट आज सार्वजनिक हुन लागेको हो। गत वर्षको बजेट प्रस्तुत गर्न जाँदा तत्कालीन अर्थमन्त्री वर्षामान पुनले गाँजाको झोला प्रयोग गरेका थिए। यसपालि पनि गठनबन्धन सरकारका अर्थमन्त्री पौडेलले अल्लोबाट बनेको नेपाली झोला प्रयोग गरेका छन्।
हेर्नुहोस् तस्वीहरूः
-1748509909.jpg)

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।