काठमाडौँ – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय समिति बैठक जेठ १८ गते बस्ने भएको छ।
हरेक ६/६ महिनामा बस्ने नियमित प्रक्रिया अनुसार नै केन्द्रीय समिति बैठक बोलाइएको स्थायी समिति सदस्य कर्णजित बुढाथोकीले जानकारी दिए।
कपिलवस्तुस्थित शिवगढीमा रहेको केन्द्रीय कार्यालयमा बस्ने बैठकमा पार्टीको नाम, चुनाव चिन्ह, दल दर्ता प्रक्रिया, वामपन्थी ध्रुवीकरण, उत्पादन सम्बन्धी कार्यक्रम, समसामयिक राजनीति घटनाक्रम लगायत विषयमा छलफल हुने बुढाथोकीले बताए।
गएको मङ्सिर तेस्रो साता सम्पन्न बैठकले २०८४ को निर्वाचनमा भाग लिने निर्णय गरेको थियो। नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्ने निर्णय यथावत् राखिएको थियो। दल दर्ता गर्ने प्रयोजनका लागि महासचिव विप्लवले निर्वाचन आयोग पुगेर मतदाता नामावलीमा आफ्नो नाम अध्यावधि गरिसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।