काठमाडौँ–नेकपा एमालेले आयोजना गरेको गणतन्त्र उत्सवका लागि विभिन्न ठाउँबाट झाँकीसहितको र्याली कार्यक्रमस्थल भृकुटीमण्डप पुगिरहेको छ।
गणतन्त्र दिवसलाई जनताको खुशी र गौरवको दिनको रूपमा उत्सवको रूपमा मनाउने निर्णयअनुसार एमालेले देशभर प्रदर्शन गर्दैछ।
बागबजार, पुतलीसडक, भृकुटीमण्डप, सुन्धारा, टेकु र त्रिपुरेश्वरमा जम्मा भएर उनीहरू परम्परागत भेषभूषा, सांस्कृतिक झाँकी र्यालीसहित भृकुटीमण्डपतर्फ बढेका छन्। प्रदर्शनको क्रममा गणतन्त्र जिन्दावाद, गणतन्त्रको रक्षा गरौँ, संघीय लोकतान्त्रिक गणतन्त्र जिन्दवादजस्ता नारा लगाइएको छ।
भृकुटीमण्डपबाट बृहत् र्याली रत्नपार्कमा पुगेर सम्बोधनसहित समापन हुने कार्यक्रम रहको छ।
एमालेले गणतन्त्रका पक्षहरू शक्तिहरूलाई पनि गणतन्त्र उत्सवमा सहभागी हुने अपिल गरेको थियो। गणतन्त्र उत्सवको र्यालीमा नारा गणतन्त्रको पक्षमा नारा लगाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।