काठमाडौं – साताको अन्तिम कारोबार दिन आज सेयर बजारमा उछाल आएको छ।
सो वृद्धिपछि नेप्से २६९३ अंकमा कायम भएको छ। बजारसँगै कारोबार रकम पनि बढेको छ। अघिल्लो दिन ६ अर्ब ५२ करोडको कारोबार भएकोमा आज ८ अर्ब ५८ करोडको भयो। १४८ कम्पनीको मूल्य बढ्दा ९७ को घट्यो भने २ को स्थिर रह्यो।
सेयर बजार वृद्धि हुँदा कारोबार रकम अघिल्लो दिनको तुलनामा दुई अर्बले बढेको छ। मंगलबार साढे ६ अर्बको कारोबार हुँदा आज साढे आठ अर्बभन्दा बढीको सेयर कारोबार भएको हो।
आज कारोबार भएकामध्ये तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। जसमा ओम मेगाश्री फार्मास्युटिकल लिमिटेड, ग्रीन विकास बैंक लिमिटेड र पुरे इनर्जी लिमिटेडको सेयरमा सर्किट लागेको हो
यस्तै, सबैभन्दा बढी सेयर मूल्य गिरावट हुनेमा बाराही हाइड्रो पावर पब्लिक लिमिटेड रहेको छ। आज १४८ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा ९७ कम्पनीको मूल्यमा गिरावट आएको छ। दुई कम्पनीको सेयर मूल्य यथावत रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।