काठमाडौं–रास्वपा सांसद गणेश पराजुलीले भिजिट भिसा प्रकरणमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताएका छन्।
बुधबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै सांसद पराजुलीले भिजिट भिसा प्रकरणमा बर्तमान मन्त्रीपरिषद्का मन्त्री जोडिएकाले यस बिषयमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताएका हुन्।
उनले अख्तियारले स्वतन्त्र रुपमा अनुसन्धान गर्न नपाउने होकी भन्ने आशंका उत्पन्न भएकाले गृहमन्त्री राजीनामाका साथै अनुसन्धानका लागि उच्चस्तरीय छानबिन आयोग गर्नुपर्ने आफुहरुको बटमलाइन भएको स्पष्ट पारे।
सांसद पराजुलीले प्रतिनिधिसभामा सभामुखको भूमिकाप्रति समेत आपत्ति जनाएका छन्। सत्तापक्ष सांसद वा गृहमन्त्रीलाई बोल्न दिने भएमात्रै प्रतिपक्षीलाई बोल्न नदिने भन्दै सभामुखले बार्गेनिङ गरेको उनले बताए।
सांसद पराजुलीले आफुहरुको माग यथावत रहेकाले त्यसलाई सम्बोधन नभएसम्म सदन चल्न नदिने जिकिर गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।