काठमाडौं–सरकारले राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीसहितलाई दिइएको पीएसओ हटाएको छ।
सरकारले आफूहरूको पीएसओ हटाएको शाहीले बताए। त्यसलाई आफूहरूले सामान्य रूपमा लिएको बताए।
पीएसओ हटाएकोबारे संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग भने, ‘सरकारलाई यति मात्रै भन्छु, अति नगर्नु, अति गर्यो भने खती हुन्छ।’
तपाईँहरूको पीएसओ किन खोसियो भन्ने प्रश्नमा उनले भने, ‘त्यो सरकारलाई नै सोध्नुहोस्।
शाहीका अनुसार संसदमा दलका प्रमुख सचेतक, समितिका सभापतिहरू लगायतलाई विगतमा एक/एक जना पीएसओ दिइने व्यवस्था थियो।
तर, अहिले गृहमन्त्रालयको निर्णयअनुसार राप्रपाका प्रमुख सचेतक र समितिका सभापतिका ती सुरक्षाकर्मी हटाइएको हो।’आजैबाट हटायो भन्ने सुनेको छु, यथेष्ट इन्फर्म गरेको छैन,’ शाहीले बताए।
शाहीले यो निर्णय सबैका लागि समान हुनुपर्ने धारणा राखे। ’विभेद गर्न हुँदैन – हाम्रो खोस्ने, उनीहरूको राख्ने भन्ने कुरा स्वीकार्य हुँदैन,’ उनले भने। राप्रपाबाट समितिको सभापति दीपक सिंह रहेका छन् भने प्रमुख सचेतकबाट शाहीले सुविधा लिँदै आएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।