काठमाडौं– नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले अहिको व्यवस्था उल्टाउने सपना नदेख्न पूर्वराजा ज्ञानेन्द्र शाहलाई सुझाव दिएका छन् ।
गणतन्त्र दिवसको अवसरमा गणेशमान सिंह तथा जन–आन्दोलन सहिद स्मृति शान्ति प्रतिष्ठानद्वारा बुधबार काठमाडौँमा आयोजित तीर्थराम डङ्गोलको स्मणरणमा ‘लोकतान्त्रिक आन्दोलन–तीर्थराम डङ्गोल’ विषयक अन्तरक्रियालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले पूर्वराजाले राज्यले दिएको सम्मान ग्रहण गरेर बस्नुनै उचित हुने जिकिर गरे। तत्कालिन अवस्थामा आफू गृहमन्त्री हुँदा प्रधानमन्त्रीको प्रतिनिधिको रुपमा ज्ञानेन्द्र शाहसँग वार्ता गरेर निवास र सुरक्षा प्रबन्धको ज्ञारेन्टी गरेको उनले स्मरण गरे।
उनले दिगो शान्तिलाई असर पार्ने चूनौतिहरुलाई सामना गर्नका लागि परिवर्तनकारी शक्तिहरु एकैठाउमा रहेको बताए।
सिटौलाले अहिलको व्यवस्थाका बिरुद्धमा उठ्ने कुनैपनि प्रकारका आवाजहरुलाई निस्जेत पार्न जनताहरु सक्षम रहेको उल्लेख गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।