काठमाडौं–उपप्रधान एवं शहरी बिकासमन्त्री प्रकाशमान सिंहले लामो संघर्षपछि जनताले पाएको अधिकारलाई कसैले खोस्न नसक्ने बताएका छन् ।
गणेशमान सिंह तथा जन–आन्दोलन शहीद स्मृति शान्ति प्रतिष्ठानले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सिंहले संविधानले दिएको अधिकार कसैको माया दयाले नभइ जनताको लामो संघर्षपछि प्राप्त भएको भन्दै यसलाई कसैले खोस्न नसक्ने बताएका हुन् ।
उनले जनताले पाएको अधिकारलाई अवमूल्यन गर्ने अधिकार कसैलाई नभएको समेत बताए । लोकतन्त्रमा असन्तुष्टि पोख्न पाउने भएपनि आफ्नो जिम्मेवारी कसैले भूल्न नहुने उहाको भनाइ छ । सिंहले जनअधिकारहरुलाई सुरक्षित राख्नका लागि संविधानलाई संस्थागत रुपमा अघि बढाएर जनताले आवश्यकतालाई पुरा गर्न सक्नुपर्ने धारणा राखे । राजनीति स्थीरताका आधारमा मुलुकलाई आर्थिक समृद्धितर्फ अघि बढाउन सवैको ध्यान जानुपर्ने उनले बताएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।