काठमाडौं–सदनको अवरोध हटाउन सभामुख देवराज घिमिरेले प्रमुख दलका प्रमुख सचेतकहरूसँग छलफल गरिरहेका छन्।
गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै सदन अवरोध भएपछि सभामुख छलफल थालेका हुन्।
विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा नाम जोडिएपछि गृहमन्त्रीले राजीनामा दिनुपर्ने अडान राखिरहेका छन्।
उनीहरूले गृहमन्त्रीको राजीनामा नआएसम्म बैठक चल्न नदिने बताइरहे पनि सभामुखले बजेट ल्याउनुपर्ने बाध्यात्मक परिस्थितिलाई बुझेर अगाडि बढ्न आग्रह गरिरहेका छन्।
यता सत्तापक्षले भने राजीनामा नदिने गृहमन्त्रीले संसदमा जवाफ दिने बताइरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।