काठमाडौँ–प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित सत्तारुढ दलका नेताहरुबिचको छलफल सकिएको छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा आज बस्ने प्रतिनिधिसभा बैठकमा गृहमन्त्री रमेश लेखकले उठेका विषयमा संसदमा प्रस्ट पार्ने सहमति भएको छ।
विपक्षीले सदन अवरुद्ध गर्ने नीति लिएपछि प्रधानमन्त्री ओली, सभापति देउवा, गृहमन्त्री लेखक, कांग्रेस उपसभापति पुर्णबहादुर खड्का, कांग्रेस प्रमुख सचेतक श्याम घिमिरे र एमालेका प्रमुख सचेतक महेश बर्तौला सहभागी थिए।
उक्त छलफलले गृहमन्त्रीको राजीनामा असम्भव रहेको पनि निचोड निकालेको छ।
भिजिट भिसा प्रकरणमा भएका कुरा के हो भन्ने गृहमन्त्रीले सदनबाट जवाफ दिने सरकारको तयारी छ। त्यहीअनुसार सभामुखलाई समय व्यवस्थापनका लागि आग्रह गरिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।