काठमाडौं – न्युजिल्यान्डका उपप्रधान तथा विदेशमन्त्री विन्स्टन पिटर्स नेपालको औपचारिक भ्रमणका लागि काठमाडौं आउँदै छन् । श्रीलंकाको भ्रमण सकेर पिटर्स दुई दिने नेपाल भ्रमणका क्रममा आज मध्यान्ह काठमाडौं आईपुग्ने तालिका रहेको छ । न्युजिल्यान्डबाट उपल्लो तहको राजनीतिक भ्रमण यो पहिलो भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
पिटर्सले आजै राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री के.पी. शर्मा ओलीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम तय भएको छ । प्रतिपक्षी दल माओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई पनि उनले भेट्ने कार्यक्रम छ ।
आजै साँझ परराष्ट्र मन्त्री आरजु राणा देउवासँग द्विपक्षीय बैठक हुने मन्त्रालयले जनाएको छ । बिहीबार बिहान उपप्रधान तथा विदेश मन्त्री पिटर्स लुक्ला जाने र फर्केपछि काठमाडौंका विश्व सम्पदा स्थलको अवलोकन भ्रमण गर्ने कार्यक्रम छ । पिटर्स बिहीबार साँझ दिल्लीका लागि प्रस्थान गर्ने बताइएको छ । न्युजिल्यान्ड सरकारले हिमाली क्षेत्रको विकास त्यहाँको शिक्षा, स्वास्थ्यको क्षेत्रमा सहयोग पुर्याउँदै आएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।