काठमाडौँ–नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार छापावाल सुनको मूल्य तोलामा ७ सय रुपैयाँ घटेको हो।
जसअनुसार छापावाल सुन सोमबार तोलामा १ लाख ९१ हजार १०० रुपैयाँ कायम भएको छ। यसअघि आइतबार छापावाल सुन तोलामा १ लाख ९१ हजार ८०० रुपैयाँ कायम भएको थियो।
यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ। आइतबार २ हजार ५ रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार पनि सोही मूल्य कायम भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।