काठमाडौं–महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) फुटेको छ।
अध्यक्ष यादवले नेकपा माओवादी केन्द्रसँग एकता गर्न ढिला गरेको भन्दै बहुमत सदस्य लिएर सहअध्यक्ष गंगानारायण श्रेष्ठले आफ्नै नेतृत्वमा नेसपा पुनर्गठन गरेर आज एकता गर्दैछन्।
२९ जना केन्द्रीय कार्यकारिणी सदस्यमध्ये १७ जना आफ्ना पक्षमा आएको दाबी श्रेष्ठले गरेका छन्।
यस्तै १६० जना केन्द्रीय समिति सदस्यमध्ये ९९ जना आफूसँग रहेको दाबी उनको छ।
ललिपुरको ग्वार्को खरिबोटस्थित कान्तिपुर ब्यांक्वेटमा बिहान ११ः३० बजे दुई पार्टीबीच एकता घोषणा कार्यक्रम राखिएको छ। एकता घोषणा कार्यक्रममा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका शीर्ष नेताले सम्बोधन गर्दै छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।