काठमाडौँ–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो संलग्नता पुष्टि भए राजनीति छाड्ने भनेर दिएको अभिव्यक्तिको कुनै अर्थ नभएको बताएको छ।
आइतबार बसेको पार्टीको केन्द्रीय समिति बैठकपछि कार्यवाहक प्रवक्ता मनिष झाले गृहमन्त्रीले भिजिट भिसा प्रकरणमा आफ्नो संलग्नता प्रमाणित भए राजनीति छाड्छु भनेर दिएको अभिव्यक्तिको कुनै अर्थ नभएको भन्दै प्रमाणित भए जेल जानुपर्ने र त्यसवेला राजनीति स्वाभाविक रूपमा छोडिने बताएका हुन्।
प्रमाणित भए राजनीति छाड्ने होइन, जेल जाने हो। प्रमाणित भएपछि जेल त जानैपर्छ। त्यसका लागि राजनीति नछाडि हुँदैहुदैन’, झाको भनाइ छ।उनले यस प्रकरणमा सरकारी कर्मचारीबाटै बदमासी हुने पनि बताए।
बदमासी त कर्मचारीबाटै हुन्छ नि। उहाँ आफैं गएर त्यहाँ टाँचा लगाउने त होइन। कसको कार्यकालमा भयो ? उसको सरुवा कसले गरायो ? सरुवा गराउँदा कार्यविधि मिलेको थियो कि थिएन ? भन्ने कुरा आउँछ,’ उनले भने, ‘टाँचा लगाउने काम मेरो होइन त्यसकारण संलग्नता थिएन भन्न मिल्दैन।’
सो प्रकरणबारे बोल्दै शनिबार गृहमन्त्री लेखकले संलग्नता पुष्टि गर्न चुनौती दिएका थिए। साथै, उनले संलग्नता पुष्टि भए आफू राजनीतिबाट बिदा हुने पनि बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।