• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३, २०८३ Sat, Sep 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

ब्रह्माण्ड किन बन्यो भन्ने प्रश्नको उत्तर खोज्न वैज्ञानिक प्रतिस्पर्धा

64x64
नेपाल लाइभ शनिबार, जेठ १०, २०८२  २१:३२
1140x725

एजेन्सी– संयुक्त राज्य अमेरिकाको साउथ डकोटास्थित एउटा जङ्गलमा बनाइएको प्रयोगशालामा वैज्ञानिकहरू विज्ञानको क्षेत्रमा विद्यमान एउटा ठूलो प्रश्नको उत्तर खोज्ने प्रयासमा छन्।'हाम्रो ब्रह्माण्ड किन अस्तित्वमा छ?'

अमेरिकी र जापानी वैज्ञानिकहरूका छुट्टाछुट्टै समूह त्यो गुह्य पत्ता लगाउन भनेर मेहनतका साथ लागेका छन्।

ब्रह्माण्डको सृष्टिबारे अहिले प्रचलित सिद्धान्तले हामीले देख्ने वा हाम्रो सेरोफेरोमा भएका ग्रह, तारा र आकाशगङ्गाको अस्तित्वको कारणलाई व्याख्या गर्न सक्दैन। उत्तर फेला पर्ने आशामा दुवै टोलीले 'न्यूट्रिनो' भनिने सब-एटमिक सूक्ष्मकणको अध्ययन गर्न र त्यस्ता कण फेला पार्न सक्ने एउटा उपकरण 'डिटेक्टर' बनाउँदै छन्।

साउथ डकोटामा अमेरिकाको नेतृत्वमा सञ्चालित सहकार्यमा जमिनमुनि निकै तल गरिने विभिन्न प्रयोगले ब्रह्माण्डको सृष्टिको रहस्योद्घाटन हुन सक्ने आशा गरिएको छ। यो प्रयोगका लागि वैज्ञानिकहरू जमिनभन्दा १,५०० मिटर तल तीनवटा विशाल भूमिगत गुफामा जाने छन्।

यो संरचना यति विशाल छ कि त्यससँग तुलना गर्दा निर्माण गर्ने प्राविधिकहरू र तिनले प्रयोग गरेका बुल्डोजरहरू साना खेलौनाजस्ता देखिन्छन्। उक्त प्रयोगलाई 'डीप अन्डर्ग्राउन्ड न्यूट्रिनो एक्स्पेरिमन्ट' (DUNE) अथवा 'ड्यून' नामकरण गरिएको छ।

यो परियोजनाका विज्ञान निर्देशक डा ज्यारेट हाइजले ती गुफालाई "विज्ञानको गिर्जाघर"को सङ्ज्ञा दिएका छन्।

उनी झन्डै १० वर्षदेखि स्यान्फर्ड अन्डर्ग्राउन्ड रिसर्च फसिलटी (SURF - सर्फ) मा ती गुफाको निर्माणमा संलग्न छन्। ड्यूनमा बाहिरबाट ध्वनि र विकिरण नजाने बनाइएको छ। अहिले ड्यून अर्को चरणका लागि तयार छ।

"हाम्रो अस्तित्वको कारण बुझ्न लालायित, विभिन्न ३५ देशका १,४०० वैज्ञानिकहरूको सहकार्यमा प्रयुक्त उपकरणहरूको सहयोगमा हामी यस्तो 'डिटेक्टर' बनाउन लागेका छौँ जसले ब्रह्माण्डबारे हाम्रो ज्ञानलाई परिवर्तन गरिदिने छ," उनले भने।

Ncell 2
Ncell 2
nimb
nimb

ब्रह्माण्डको सृष्टि हुँदा दुई खालका कणहरू उत्पन्न भएका मानिन्छ।

तारा, ग्रह र हाम्रो सेरोफेरोमा देखिने सबै कुरा 'म्याटर' अर्थात् पदार्थबाट बनेका छन्। त्यही परिमाणमा विपरीत कणहरू बने, जसलाई 'एन्टिम्याटर' अर्थात् प्रतिपदार्थ भनिन्छ।

सिद्धान्ततः तिनले एकअर्कालाई नष्ट गरिदिनुपर्ने हो। त्यसो हुँदा ठूलो परिमाणमा ऊर्जा निस्किन्थ्यो र विस्फोटन हुन्थ्यो। तर त्यसो हुँदैन। पदार्थ जोगिएको छ, हामी बनेका छौँ।

'पदार्थ' कसरी जोगियो भन्ने प्रश्नको उत्तर 'न्यूट्रिनो' र त्यसको विपरीत गुण भएको प्रतिपदार्थ 'एन्टि-न्यूट्रिनो'को अध्ययनबाट प्राप्त हुन सक्ने वैज्ञानिकहरू ठान्छन्।

इलिनोईमा स्थापित भूमिगत संरचनाबाट वैज्ञानिकहरूले ती दुवै खालका कणका पुञ्जहरू प्रसारित गर्ने छन्।

तिनलाई ८०० माइल टाढा साउथ डकोटामा भएका 'डिटेक्टर'हरूले पत्ता लगाउने छन्।

आफ्नो यात्राका क्रममा न्यूट्रिनो र एन्टि-न्यूट्रिनोमा केही परिवर्तन हुन्छ।

वैज्ञानिकहरू न्यूट्रिनो र एन्टि-न्यूट्रिनोमा हुने परिवर्तनहरू भिन्न हुन्छन् कि हुँदैनन् भनेर पत्ता लगाउन चाहन्छन्।

त्यस्तो परिवर्तनमा भिन्नता रहेछ भने उनीहरूले पदार्थ र प्रतिपदार्थले एकअर्कालाई किन नष्ट गर्दैनन् भन्ने प्रश्नको उत्तर प्राप्त हुने बताएका छन्।

ड्यूनमा सहभागी ससिक्स यूनिभर्सिटीकी डा केट शअ अब पत्ता लाग्न सक्ने तथ्य ब्रह्माण्डबारे हाम्रो ज्ञान र मानिसको आफूबारे विद्यमान धारणालाई "रूपान्तरण" गरिदिने ठान्छिन्।

"यी ठूला प्रश्नहरू खोतल्न हामीसँग अहिले प्रविधि, इन्जिनिअरिङ र कम्प्युटरको सीप छ। यो निकै रोचक कुरा हो," उनी भन्छिन्।

प्रतिस्पर्धा

उता ९,६५० किलोमिटर टाढा जापानमा वैज्ञानिकहरू तिनै प्रश्नको उत्तर खोज्न सुनौला 'ग्लोब' प्रयोग गर्दै छन्। यो प्रयोगशालाको भव्यताले यसलाई 'विज्ञानको मन्दिर' जस्तो बनाइदिएको छ।

जापानी वैज्ञानिकहरू 'हाइपर-के' निर्माण गर्दै छन्। यो प्रयोगशाला त्यहाँ जापानमा अहिले विद्यमान 'सूपर-के' न्यूट्रिनो डिटेक्टरभन्दा विशाल र अझ उन्नत हुने बताइन्छ।

जापानी वैज्ञानिकहरूको नेतृत्वमा रहेको प्रयोगशाला तीन वर्षभित्र न्यूट्रिनोको पुञ्ज प्रसारित गर्न सक्ने अवस्थामा पुग्ने छ। तर त्यो चरणमा पुग्न अमेरिकी परियोजनालाई अझ केही वर्ष लाग्ने छ।

ड्यूनजस्तै हाइपर-के पनि अन्तर्राष्ट्रिय सहकार्यको परियोजना हो।

लन्डनस्थित इम्पिरिअल कलेजका डा मार्क स्कट आफ्नो टोली ब्रह्माण्डको उत्पत्तिबारे अहिलेसम्मकै एउटा गुह्यतम कुरा पत्ता लगाउन सक्ने "बलियो अवस्थामा भएको" ठान्छन्।

"हामीले पहिला काम थाल्यौँ र हामीसँग एउटा अझ ठूलो 'डिटेक्टर' छ। त्यसैले हामीले ड्यूनले भन्दा चाँडै बढी सङ्केत पाउन सक्छौँ," उनी भन्छन्।

"यी दुइटै प्रयोग एउटै समयमा हुनु भनेको वैज्ञानिकहरूले एउटाबाट मात्र भन्दा बढी ज्ञान पाउँछन् भन्ने हो," उनले भने, "म पहिला त्यो स्थानमा पुग्न चाहन्छु!"

तर ड्यून परियोजनामा संलग्न तथा क्वीन मेरी यूनिभर्सिटि अफ लन्डनकी वैज्ञानिक डा लिन्डा क्रेमोनेसीका अनुसार पहिलो हुनु भनेको जापानको नेतृत्वमा रहेको टोलीले ब्रह्माण्डमा के हुँदै छ भन्ने कुराको पूरै भेउ पाउँछ भन्ने होइन।

"त्यहाँ प्रतिस्पर्धाको भाव छ। तर न्यूट्रिनो र एन्टि-न्यूट्रिनोले किन भिन्न गुण देखाउँछन् भन्ने कुरा बुझ्न आवश्यक पर्ने सबै अवयव अझै 'हाइपर-के'सँग छैन," उनी भन्छिन्।

दुइटा परियोजनाबीच प्रतिस्पर्धा चलेको छ। परिणाम केही वर्षभित्र हात पर्ने अपेक्षा गरिएको छ। तर अहिले भने हामीलाई अस्तित्वमा ल्याउने समयको आरम्भ हुँदा के भएको थियो भन्ने कुरा भने रहस्यकै गर्भमा छ।बीबीसीबाट

प्रकाशित मिति: शनिबार, जेठ १०, २०८२  २१:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेसको वडा अधिवेशन प्रक्रिया जारी, ३९ जिल्लाका ३३० वडामा अधिवेशन सम्पन्न
सरकारले पत्रपत्रिका बन्द गर्न खोजेको देखियोः प्रचण्ड
तीनदिने भारत भ्रमण सकेर स्वदेश फर्किए अर्थमन्त्री वाग्ले
सम्बन्धित सामग्री
ह्वाइट हाउसमा सीएनएन, पोलिटिको र एमएस नाउलाई ट्रप्पले किन गरे प्रवेशमा प्रतिबन्ध ? शुक्रबार सामाजिक सञ्जाल ट्रुथ सोसलमा पोस्ट गर्दै ट्रम्पले ती सञ्चारमाध्यमले आफ्नो प्रशासनबारे 'झूटो र काल्पनिक समाचार' निरन्तर प्रका... शनिबार, असोज ३, २०८३
मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति राजा सुल्तान इब्राहिमले नाजिबलाई ‘सशर्त माफी’ दिएका छन् । माफीको आदेशपछि उनलाई ‘सन् २०२८ अगस्ट २३ सम्मका लागि तोकिएको बाँकी सजाय घरम... शुक्रबार, असोज २, २०८३
युक्रेनसँगको युद्धपछि रुसमा पहिलोपटक संसदीय निर्वाचन, कब्जा गरेको भूभागमा पनि मतदान युक्रेनसँगको युद्धको पाँचौं वर्षमा यो चुनाव भइरहेको छ । सन् २०२२ फेब्रुअरीमा मस्कोले युक्रेनमा सेना पठाएपछि भइरहेको यो रुसको पहिलो स... शुक्रबार, असोज २, २०८३
ताजा समाचारसबै
कांग्रेसको वडा अधिवेशन प्रक्रिया जारी, ३९ जिल्लाका ३३० वडामा अधिवेशन सम्पन्न शनिबार, असोज ३, २०८३
सरकारले पत्रपत्रिका बन्द गर्न खोजेको देखियोः प्रचण्ड शनिबार, असोज ३, २०८३
तीनदिने भारत भ्रमण सकेर स्वदेश फर्किए अर्थमन्त्री वाग्ले शनिबार, असोज ३, २०८३
देवानगञ्ज गोली काण्ड: दुई जना पक्राउ, प्रहरीले गोप्य राख्यो पहिचान शनिबार, असोज ३, २०८३
माथिल्लो त्रिशूली–१ मा दिनभर उद्धार अपडेट, टनेलबाट निकालिएका ११ शव त्रिशूली ल्याइयो, खोजी कार्य जारी शनिबार, असोज ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
रवि-बालेनको राजनीतिक उत्थानमा अमेरिकी भूमिका खोज्ने ‘ग्रेजोन’बारे सरकारका प्रवक्ताको हल्का टिप्पणी शुक्रबार, असोज २, २०८३
सिंहदबारबाट पक्राउ परेका गाउँपालिका अध्यक्ष २२ लाख धरौटी बुझाउन नसकेपछि कारागार चलान शुक्रबार, असोज २, २०८३
देवानगञ्जमा गोलीकाण्ड : घाइते युवकको पहिचान खुल्यो, गोली चलाउनेको खोजीमा प्रहरी शनिबार, असोज ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्