मस्को–रुसमा युक्रेनी ड्रोन आक्रमणका कारण मस्को विमानस्थलहरू बन्द गरिएका छन्।
रातभर युक्रेनी ड्रोन आक्रमणका कारण मस्कोका विमानस्थलहरू बन्द गरिएको रुसी अधिकारीहरू र राज्य सञ्चालित मिडियाले खबर छापेका छन्।
मस्कोको भ्नुकोभो, डोमोडेडोभो र झुकोभस्की विमानस्थलहरूमा हवाई सेवा सञ्चालन रोकिएको छ।
मस्कोका मेयर सर्गेई सोब्यानिनका अनुसार रुसी हवाई प्रतिरक्षाले मस्कोतर्फ उडिरहेका ६ वटा ड्रोनलाई खसालेका थिए। स्थानीय समयअनुसार बिहान २ः ४१ बजे थप तीन वटा ड्रोन खसालिएको सोब्यानिनले बताए। आपत्कालीन सेवाहरू घटनास्थलमा काम गरिरहेको र हताहतको कुनै खबर नआएको भनिएको छ।
युक्रेनले लगातार तीन रातदेखि रुसी भूभागमा ड्रोन आक्रमण जारी राखेको छ। मे २० को साँझ र मे २२ को बिहानको बिचमा आफ्नो भूभागमा ४८५ वटा ड्रोन खसालेको दाबी रुसले गरेको छ।
रुसमा हवाई यात्रा अवरुद्ध गर्न युक्रेनी ड्रोनहरू प्रयोग गरिँदै आएका छन्। युक्रेनले सयौँ ड्रोन प्रहार गरेको रिपोर्ट गरिएको छ, जसले गर्दा जनवरी १ देखि रुसभरि कम्तीमा २१७ विमानस्थलहरू अस्थायी रूपमा बन्द गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।