एजेन्सी– पश्चिम अफ्रिकी देश सेनेगलले आफ्नो देशमा रहेका विदेशी सैनिकहरुलाई हटाउने भएको छ।
रुसी विश्व च्यानल आरटीका अनुसार सेनेगलले फ्रान्सका सैनिकहरुलाई धपाउने भएको छ।
सन् २०१२ मा भएको एक रक्षा सम्झौताअनुसार फ्रान्सेली सैनिकहरु सेनेगलमा रहेका थिए। उनीहरु सबैलाई सेनेगलले अब हटाउने भएको ओउसमाने सुन्कोले बुर्किना फासोको राष्ट्रिय टेलिभिजन च्यानल आरटीभीसँग सोमबार कुराकानी गरेका प्रधानमन्त्री सुन्कोले यस्तो जानकारी दिएको आरटीले उल्लेख गरेको छ।
आरटीका अनुसार विदेशी सैनिकहरु हटाउनु नै राष्ट्रिय सार्वभौमसत्ताको सवाल भएको भन्दै यस्तो निर्णय भएको बताइएको छ। यस अगाडि पश्चिम अफ्रिकाका अरु देशहरु बुर्किना फासो, निजेर र मालीले फ्रान्सेली सैनिक शिविरहरुलाई धपाइसकेका छन्।
फ्रान्सको पूर्वउपनिवेश क्षेत्रका यि देशहरुले फ्रान्ससँगको सम्बन्ध तोडेर रुससँग सम्बन्ध जोडिरहेका छन्। रुसले पनि यि देशहरुलाई सैन्य तालिम तथा अन्य आर्थिक सहयोग दिइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।