फाइल तस्विर
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच भेटवार्ता भएपछि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्।
मंगलबार साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाएको एक मन्त्रीले जानकारी दिए।
गभर्नर नियुक्ती गर्न दुई दलबिच सकस परेपछि सोमबारको मन्त्रिपरिषद् बैठक स्थगित भएको थियो।
त्यस लगत्तै ओली र देउवा भेटवार्ता गर्ने भनिए पनि उक्त भेटवार्ता समेत हुन सकेको थिएन।
तर, मंगलबार ओली र देउवाबिच करिब एक घण्टा छलफल गरेपछि आजै साँझ मन्त्रिपरिषद् बैठक बोलाएर गभर्नर नियुक्त गर्न ओली सहमत भएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।