एजेन्सी– उत्तरी गाजा पट्टीमा इजरायली आक्रमणबाट मृत्यु हुनेको संख्या विगत १२ घण्टामा एक सय नाघेको छ । गाजाको नागरिक रक्षाले कम्तिमा १०९ जनाको मृत्यु र २१६ जना घाइते भएको पुष्टि गरेको छ ।
गाजाका नागरिक रक्षाका प्रवक्ता महमुद बसालले उत्तरी गाजा पट्टीको लागि कठिन र रक्तपातपूर्ण दिन भएको बताए । प्यालेस्टिनी चिकित्सा स्रोतहरूले पीडितहरूमध्ये अधिकांश महिला र बालबालिका थिए ।
मार्च १८ मा इजरायलले एन्क्लेभमा आफ्नो सैन्य कारबाही पुनः शुरु गरेको थियो । इजरायलले आफ्नो हमलाहरू पुनः शुरु गरेदेखि कम्तिमा २ हजार ९ सय ८५ प्यालेस्टिनीहरू मारिएका छन् । ८ हजार १ सय ७३ जना घाइते भएका छन् ।
जसले गर्दा अक्टोबर २०२३ देखि कुल मृत्यु हुनेको संख्या ५३ हजार १ सय १९ पुगेको छ । १ लाख २० हजार २ सय १४ जना घाइते भएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।