एजेन्सी – गाजामा इजरायली पछिल्लो हवाई आक्रमणमा परि ११४ जनाको मृत्यु भएको छ । अमेरिका समर्थित एक सङ्गठनले यस महिनाको अन्त्यसम्ममा सहायता वितरण शुरु गर्ने बताइरहेका बेला बिहीबार बिहानैदेखि ‘वेस्ट व्याङ्क’ क्षेत्रमा इजरायली सेनाद्वारा व्यापक हवाई आक्रमण भएको हो ।
गाजाको नागरिक सुरक्षा निकायका अनुसार बिहीबार बिहानैदेखि इजरायली बमबारीमा परी मृत्यु हुनेको सङ्ख्या ११४ पुगेको छ । दक्षिणी शहर खान युनिसमा विस्थापित परिवारहरूलाई आश्रय दिने घर र पालहरूमा बम विस्फोट हुँदा महिला र बालबालिकासहित ५६ जनाको मृत्यु भएको स्थानीय नासेर अस्पतालले जनाएको छ ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका जबालिया शरणार्थी शिविरमा रहेको स्वास्थ्य क्लिनिक र प्रार्थना हलमा गरिएको आक्रमणमा १३ जनाले ज्यान गुमाएका छन् । दक्षिणी गाजाको खान युनिस शहरमा कम्तीमा नौ अलग–अलग ठाउँमा हवाई आक्रमण भएको बताइएको छ ।
यसैबीच इजरायलले दक्षिणी गाजामा आक्रमण गर्दैगर्दा उत्तरी गाजा शहरका केही भागहरू छोड्न मानिसहरूलाई आदेश दिएको समाचारमा उललेख छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।