काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले गभर्नर छिट्टै नियुक्ति हुने बताएका छन्।
मन्त्रीपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै बिहीबार सिंहदरबारमा मन्त्री गुरुङले नेपाल राष्ट्र बैंकको गभर्नर दुई—चार दिनभित्रै नियुक्ति हुने बताएका हुन्।
‘अब तलमाथि नभइकन दुई, चार दिनमै हामीले नयाँ गभर्नर पाउँछौं,’उनले भने।
मन्त्री गुरुङले उपप्रधानमन्त्री एवं अर्थमन्त्रीको संयोजकत्वमा गठित सिफारिस समितिबाट डा. विश्व पौडेलले राजीनामा दिनुपर्ने परिस्थिति बनेकाले सरकारले महाप्रसाद अधिकारी सदस्य र डा. पोषराज पाण्डे सदस्य रहेको तीन सदस्य सिफारिस समिति गठन गरेको जानकारी दिए।
‘काम चाँडो भन्दा चाँडो सम्पन्न गर्न हामीले फेरि पुनःगठन गरेका छौँ। मन्त्रीज्युको संयोजकत्वमा महाप्रसाद अधिकारी सदस्य र डा. पोषराज पाण्डे सदस्य रहनुभएको तीन सदस्य सिफारिस समिति गठन भएको छ,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।