एजेन्सी – इजरायलले गाजामा गरेको हवाई आक्रमण ८० जनाभन्दा बढीको मृत्यु भएको छ । मङ्गलबार राति र बुधबार बिहान उत्तरी गाजामा इजरायलले शृङ्खलाबद्ध हवाई आक्रमण गरेको थियो । जबालियास्थित इन्डोनेसियाली अस्पतालले आक्रमणमा ८० जनाको मृत्यु भएको जनाएको छ ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार आक्रमणमा २२ जना बालबालिका र १५ जना महिला मारिएको बताइएको छ । हमासले एक इजरायली–अमेरिकी बन्धकको रिहाइमा मध्यस्थता गरेको एक दिनपछि आक्रमण भएको हो ।
इजरायली सेनाले आक्रमणबारे टिप्पणी गर्न अस्वीकार गरेको छ । यसैबिच हमासको पूर्वाधारलाई लक्षित गरी सैन्य कारबाही अघि मङ्गलबार राति जबालियाका बासिन्दाहरूलाई क्षेत्र खाली गर्न चेतावनी दिइएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।