एजेन्सी – रुस र युक्रेनबीच बिहीबार (आज) शान्ति वार्ता हुँदैछ । युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीको आह्वानमा वार्ता हुन लागेको हो । टर्कीको इस्तानबुलमा हुने शान्ति वार्तामा रुसका राष्ट्रपति भ्लाडिमिर पुटिन भने उपस्थित नहुने भएका छन् ।
क्रेमिलनले जारी गरेको विज्ञप्ति अनुसार रुसको नेतृत्व राष्ट्रपतिका एआइडिई भ्लाडिमिर मेडिन्सकीले गर्ने छन् । यसअघि जेलेन्स्कीले पुटिनसँग आमनेसामने भएर वार्ता गर्न चाहेको बताएका थिए । युक्रेनी राष्ट्रपति जेलेन्स्की रुसी राष्ट्रपति एर्डोगान रेकेब तैयासँग भेट गर्नका लागि बिहीबार टर्कीमा नै हुने छन् ।
सन् २०१९ को डिसेम्बरपछि पुटिन र जेलेन्स्कीको व्यक्तिगत भेटघाट भएको छैन । सन् २०२२ को मार्चमा रुसले युक्रेनमाथि आक्रमण गरेको केही दिन पछि भेट भएको थियो । त्यस वार्तापछि रुस–युक्रेन माथि अझ धेरै आक्रामक भएको थियो । पछिल्लो वर्षमा रुसले युक्रेनको पूर्वी भागमा धेरै नै असर गरेको छ ।
गत शनिबार किभमा युरोपेली नेताले भेटघाट गरेका थिए । सोही भेटघाटको क्रममा ३० दिने युद्ध विराम लागू गर्न पुटिनलाई गरेको अनुरोधपछि पुटिनले युक्रेनलाई वार्ताको आह्वान गरेका हुन् । आइतबार ट्रम्पले जेलेन्स्कीलाई यो प्रस्ताव स्वीकार गर्न भने पछि जेलेन्स्कीले पनि आफै उपस्थित हुने कुरा बताएका हुन् ।
बुधबार ट्रम्पले पुटिन उपस्थित हुने भएमा आफू पनि उपस्थित हुने कुरा बताएका थिए । अमेरिकी विदेशमन्त्री मार्क रुबियो बुधबार टर्की पुगेका छन् । सो वार्ता भन्दा अघि उनले नाटोका विदेश मन्त्रीलाई भेट्ने छन् ।
रुबियो शुक्रबार इस्तानबुल पुग्ने छन् । त्यहाँ उनले युरोपेली समकक्षीसँग पनि युद्ध विरामको खाकाका बारे सल्लाह गर्ने छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।