एजेन्सी –खान युनिसस्थित एक युरोपेली अस्पतालमा भएको इजरायली हवाई आक्रमणमा २८ जनाको ज्यान गएको छ भने दर्जनौं व्यक्ति घाइते भएका छन् ।
हमासद्वारा सञ्चालित नागरिक रक्षा एजेन्सीका प्रवक्ताले यो विवरण सार्वजनिक गरेका हुन् । स्थानीय स्रोतहरूका अनुसार इजरायली लडाकु विमानहरूले गाजास्थित उक्त अस्पतालमा एकैपटक छ वटा बम खसालेका थिए। ती बमहरू अस्पतालको आँगन र आसपासका क्षेत्रमा खसेका थिए ।
इजरायली सेनाले अस्पतालमुनि रहेको ‘हमासको कमाण्ड एण्ड कन्ट्रोल सेन्टर’ मा आतंककारीहरूलाई लक्षित गरी ‘सटीक हमला’ गरेको दाबी गरेको छ ।
यस आक्रमणमा गाजामा बीबीसीका लागि कार्यरत एक स्वतन्त्र पत्रकार पनि घाइते भएका छन् । उनको उपचारपछि अवस्था स्थिर रहेको बताइएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।